ताजा अपडेट »

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

आइतबार, २७ माघ २०८१, ०९ : २६
74 Shares
आइतबार, २७ माघ २०८१
74 Shares

काठमाडौँ । क्यारेबियन देशहरूमा भूकम्पको धक्का महसुस भएको छ । यूएसजीएसका अनुसार केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर आइतबार बिहान  ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको समाचारमा उल्लेख छ । जसले गर्दा त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको थियो।
भूकम्प आएपछि सुरुमा  सुनामीको चेतावनी दिइएको थियो। 

तर पछि यसलाई  रद्ध गरिएको छ । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले  सुनामीको सम्भावना नभएको तर सतर्क रहन भनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।