ताजा अपडेट »

संघीय संसदका दुबै सदनको बैठक : ‘सामाजिक सञ्जाल विधेयक २०८१’ सभामा पेश हुँदै

आइतबार, २७ माघ २०८१, ०७ : ४७
58 Shares
आइतबार, २७ माघ २०८१
58 Shares

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा  प्रधानमन्त्री केपी शर्मा ओलीले 'महालेखापरीक्षकको एकसट्टिऔं वार्षिक प्रतिवेदन, २०८१' पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१' फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

आजको बैठकमा 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने छ । गृहमन्त्री रमेश लेखकले 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक(२०८१',  'सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१' लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्न कार्यसूचीमा उल्लेख छ । 

आजकै बैठकमा विधायन विधेयक, २०८० सम्बन्धमा 'कानुन, न्याय तथा मानव अधिकार समिति'को प्रतिवेदनको विभिन्न बुँदाहरु र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले 'विधायन विधेयक- २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

यसैगरी राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृत्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक २०८१’ राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची रहेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक वर्ष २०८१–८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन' सभा समक्ष पेस गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले 'पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

p1

rr

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।