ताजा अपडेट »

‘देशमा विधिको शासन कायम नहुँदासम्म युवाले देश छाड्नेदर घट्दैन’

शनिबार, २६ माघ २०८१, २० : २४
144 Shares
शनिबार, २६ माघ २०८१
144 Shares

बुटवल । देशमा विधिको शासन र योग्य व्यक्तीले उपयुक्त जिम्मेवारी नहुँदासम्म युवाले देश छाड्नेदर घटाउन कठिन रहेको एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले बताएका छन । 

शनिबार आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा भएको बढ्दो युवा जनशक्ति र पुँजीको पलायनले प्रादेशिक अर्थतन्त्रमा पार्ने प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर बावुराम ज्ञवालीले देश छाड्नेहरुको लाईनले यहाँ बसेका युवामा निराश हुन नहुने बताए । साथै उनले देश नेपालीहरुले आफै बनाउनु पर्ने बताउँदै  ज्ञान र अनुभव आर्जनको लागि विदेश गएता पनि मातृभूमिको माया र समृद्धिका लागि सक्रिय योगदान गर्नका लागि नेपाल फर्केकीएर कर्म गर्नुपर्ने बताए ।

यस्तै संविधान सभा सदस्य नेत्र प्रसाद पन्थीले अहिलेको संविधानले अक्षरस पालना गर्न सकिएमा देशले एक दशकमा समृद्धि हासिल गर्ने बताए । साथै वर्तमान राजनीतिले युवामा आशा जगाउनुको साथै निजि र सहकारी क्षेत्रलाई समृद्धिका आधारभूत खम्बाका रुपमा निवार्ध कार्य गर्न हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।

 लुम्बिनी प्रदेश सभा भौतिक पूर्वाधार तथा निर्माण विषयगत समिति सभापति सांसद रामजी प्रसाद घिमिरेले मुलुकको समृद्धिका पर्यटन र कृषिका क्षेत्रलाई तीनै तहका सरकारले प्रमुख प्राथमिकताका साथ लगानी गरेमा बढिरहेको युवा र पुँजी पलायनलाई रोक्न सकिने बताए । साथे उनले  यो कार्यमा निजी क्षेत्रलाई उत्साहित गरेर मात्रै नहुने भएकाले  अहिलेदेखिएका नीतिगत अवरोधलाई पहिलो प्राथमिकता दिएर समाधान गर्नु पर्ने बताए । नेपाली अर्थतन्त्र अहिले दलाल र बिचौलियाको अधिनबाट मुक्त हुन नसकेकोले नै समुन्नत र स्वाधीन अर्थतन्त्रका आधारहरु सिर्जना हुन नसकेको र देशलाई सहि गतिमा हिडाउनका लागि युवाहरु सक्रियता र सिर्जनात्मक तरिकाबाट राजनीतिमा लाग्नुपर्ने बताए ।

 पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य भगवती अधिकारीले भाषणले समृद्धि नआउने समृद्धिका लागि युवा जनशक्तिलाई स्वदेशमा नै श्रम गरि परिवारसँगै बसेर आयआर्जन गर्ने वातावरण बनाउनका लागि प्रदेशका योजनाहरु केन्द्रीकृत हुनुपर्ने बताइन् । साथै उनले युवाहरु विदेशीने योजना बनाईरहनु दुःखद घटना रहेको बताइन् ।  

प्रदेश सरकारका शिक्षा विज्ञ दल बहादुर गुरुङले विश्व विद्यालयका पाठ्यक्रमले विद्यार्थीमा उद्यमशिलताको विकास गराउन खोजिरहेकोले अभिभावक र प्रदेश सरकारका आवधिक योजनाहरुले युवालाई स्वदेशमा नै केही नयाँ सोचका साथ कार्य गर्ने वातावरणको निर्माण गर्नमा ध्यान दिनुपर्ने बताए । उनले चोकमा बसेर देशमा केही छैन भनेर सामाजिक सञ्जालमा नकारात्मक कुरा गर्नु भन्दा खोज अनुसन्धान गरि नयाँ नयाँ क्षेत्रमा लगानीका  अवसरको खोजि गरि उत्पादनमा जोडिनका लागि अनुरोध गरे ।  

कार्यक्रममा वैकल्पिक अर्थतन्त्रका अभियान्ता मनिकर कार्कीले देशका आर्थिक नीतिहरु , प्राथमिकताहरु प्रजातन्त्र देखि गणतन्त्रसम्म आईपुग्दा पनि असरल्ल रहेका कारण देशले आर्थिक विकासको लय समात्न  असफल रहेको बताउदै रैथाने नेपाली ग्रामीण अर्थतन्त्रलाई संरक्षण र व्यवसायीकरण गर्दै घरेलु उद्योगलाई प्राथमिकता प्रदान गर्न सकेको अवस्थामा मात्रै नेपाली अर्थतन्त्रमा उत्पादन र रोजगारी बढाउन सकिने बताए ।

रुपन्देही उद्योग संघका बरिस्ठ उपाध्यक्ष कृष्ण पराजुलीले देशमा उत्पादन , प्रशोधन र बजारीकरणका नेपाली उद्योगहरु राज्यको प्राथमिकतामा नपरेको कारणले अहिले नेपाली उद्यमीहरुले श्रमिकको अभाव भोगिरहेको बताए । कार्यक्रममा डाक्टर उमेश न्यौपाने , डाक्टर सागर न्यौपाने , गणेश घिमिरे , अधिवक्ता सिमा वन, डा सञ्जय कुमार कण लगायतले आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयबाट दर्शनाचार्यको उपाधि प्राप्त गरेका सस्थाका अनुसन्धान विभाग प्रमुख यम बहादुर कार्की र सदस्य भोजराज न्यौपानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा भोजराज न्यौपानेले अवधारणा पत्र पेश गरेका थिए ।   कार्यक्रम संस्थाका अध्यक्ष हुमराज भुसालको अध्यक्षता , कार्यक्रम संयोजक प्रशान्त रावलको स्वागत र कोषाध्यक्ष जीवन परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।