दाङ। नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले कला संस्कृतीमा धनी थारु समुदायले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने बताए । दाङको चखौरामा भएको प्रदेशस्तरीय थारु सास्कृती सम्मेलनको उद्घाटन गर्दे काग्रेस सभापति देउवाले आफ्नो भाषा धर्म संस्कृती संरक्षणमा उल्लेखनीय भूमिका रहेपनि शिक्षा र स्वास्थ्यमा थारु समुदायको प्रगती नभएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
आफु प्रधानमन्त्री भएका समयमा थारु समुदायलाई कमैया मुक्तीको घोषणा गरेर महत्वपुर्ण काम गरेको भन्दै थारु समुदायले शिक्षा र स्वास्थ्यमा ध्यान दिदै राज्यका हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने बताए ।
थारुहरुमा राजनितिक चेतको बिकास भैसकेको कतिपय क्षेत्रमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरीसकेकाले अगुवा थारुहरुले पछाडी पारिएका थारु समुदायको बिकासमा भूमिका खेल्नुपर्ने र त्यसमा राज्यले ध्यान दिनुपर्ने बताए । आज बिहान दाङ आएका काग्रेस सभापति देउवाले दंगिशरण गाउँपालिका ३ मा रहेको थारु साँस्कृतीक संग्रालयको अवलोकन पनि गरेका थिए ।
पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले दाङमा अलपत्र अवस्थामा रहेको टरिगाँए विमानस्थलको बिकासका लागि आफुले पहल गर्नेपनि बताए । पार्टि सभापति देउवा आज दाङमै रहने र भोलि पार्टिका बिभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया