पाल्पा । राेट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनीको आयोजना तथा रोटरी क्लब अफ पाल्पा लुम्बिनीको सहकार्यमा पाल्पाको तानसेनमा आज प्लगिङ म्याराथन सम्पन्न भएको छ । पाल्पा नगर लाही प्लास्टिक तथा फोहर मुक्त बनाउने उद्देश्यले अभियानकै रूपमा क्लबले कार्यक्रमको आयोजना गरेको हो । क्लबले यो दौड विगत चार वर्ष देखि आयोजना गर्दै आएको छ।
तानसेन बजारका १० विद्यालयका ५० बढी विद्यार्थीहरू सहभागी भएको कार्यक्रममा बेथाल इङ्लिस स्कुलकी छात्रा प्रशंसा पाठकले ५७ मिनेट २६ सेकेन्डमा १३.३४ केजी तौल सङ्कलन गर्दै प्रथम भएकी थिइन । त्यस्तै सेन्ट क्यापीटानीयाे स्कुल छात्र प्रतिक अर्यालले ४७ मिनेट ३९ सेकेन्डमा १२.२३ केजी फाेहर सङ्कलन गर्दै दोस्रो भए भने पाल्पा पारागन स्कुलका विशाल कवरले ५० मिनेट ४६ सेकेन्डमा ११.६४ केजी फोहर सङ्कलन गर्दै तेस्रो भएका थिए ।
दौड तानसेनको टुडीखेलबाट सुरूभई टक्सार हुँदै मुख्य बजार प्रवेश गरी मिसन अस्पताल हुँदै पुनः टुडीखेलमा आएर सकिएको थियो भने दौडको कुल दुरी ४.३ किलाे मिटर रहेकाे रहेको क्लबका निर्वाचित अध्यक्ष अासुताेष भुसालले बताए ।
विजेताहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट मेडल तथा प्रमाण–पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा तानसेन नगरपालिका वडा न. ६का वडाध्यक्ष सागर महर्जनको प्रमुख आतिथ्यता रहेको थियो भने रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन ५का पब्लिक इमेज चेयर गाैतम भुसालकाे विशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा राेटटी क्लब अफ पाल्पा तानसेनका अध्यक्ष प्रदिप खनाल , निवर्तमान अध्यक्ष रमेस न्याैपाने, निर्वाचित अध्यक्ष लक्षण कोइराला, रोटरी क्लब अफ रुपन्देहीका डाइरेक्टर विष्णु पौडेल, लुम्बिनी मेडीकल कलेजका कम्पनी सचिव कृष्ण पराजुली लगायतको आतिथ्यता रहेको थियो ।
राेट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनीका अध्यक्ष सुमित कुमार ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन दिक्षा राना तथा पुस्कल मर्साङ्गीले गरेका थिए । कुल ६० जना सदस्यहरू रहेको यस क्लबको स्थापना सन २०२१मा भएको हो ।
प्रतिक्रिया