नयाँदल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित सुरु भएको बताएका छन् । दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार प्रवेश बर्मासँग पराजित भएलगत्तै प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् ।
मोदीले भने ‘यो जित विकासको हो, सुशासनको जित हो ।’ प्रधानमन्त्री मोदीले दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । ‘हामी दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर छोड्नेछैनौ’ मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी ९आप० को शासन चल्यो ।
प्रतिक्रिया