ताजा अपडेट »

शाइन रेसुङ्गा बैंकले ‘नेश्नल १० के रन’ प्रतियोगिता गर्दै

शनिबार, २६ माघ २०८१, १६ : ४४
118 Shares
शनिबार, २६ माघ २०८१
118 Shares

बुटवल । साईन रेसुङा डेभलोपमेन्ट बैकले आफ्नो वार्षिकोत्सबको अवसरमा ‘नेश्नल १० के रन’ गर्ने भएको छ । यही फागुन ११ गते  बैंक १७ वर्ष प्रवेश गरेकाेअवसरमा ‘रन टु साईन’ दौड प्रतियोगिता हुने भएको हो ।

बुटवलमा शनिबार पत्रकार सम्मेलन गरि बैकका सिईओ प्रकाश पौडेलले आम नागरिकलाई स्वस्थ्य सचेतना जगाउने गरि पहिलोपटक ठूलो राशीको दौड प्रतियोगिता गर्न लागेको बताए । खुला, स्थानिय ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरि ३ विधामा आयोजना हुने प्रतियोगिता कखरा ईभेन्टकाे सहकार्य, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्विकृतीमा संचालन हुने उनले बताए । 

स्थानीय पालिकाहरुको समेत समन्वय र सहकार्य रहने प्रतियोगितामा १० किलोमिटर पुरुष र महिला दुबै विधाको खुलातर्फ विजेताले नगद १ लाख रुपैया, उपविजेताले नगद ४० हजार, तेस्रो चौथो, पाचौलाई क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाबाट पुरस्कृत गरिने समेत उनले बताए।

यसैगरि स्थानिय धावकको ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा पुरुष, महिलाको विजेताले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रुपैया प्राप्त गर्ने उनले बताए । सामाजिक उत्तरदायित्वसंगै वातावरण जोगाउने गरि १७ हजार बोट बिरुवा वृक्षारोपण गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे । साईन रेसुङा  काठमाडौ बाहिर हेड अफिस भएको एकमात्र राष्ट्रिय विकास बैक साईन रेसुङा ।

प्रतियोगिताकाे संयोजन गर्ने गरि खेलपाटीका सिईओ हिम बिक्रम केसी र बैकका सिईओ प्रकाश पौडेल बिच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । खेलपाटीका सिईयो हिम बिक्रम केसीले दाैड कालिकानगर बैकाे केन्द्रीय कार्यालय परिसरबाट शुरु भएर मणिग्राम चोक पुगी पुनः बैक परिसरमा आएर समापन हुने छ ।

करीब २ हजार जना सहभागी हुने अनुमान गरीएकाे कार्यक्रम आयोजनामा २० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।