ताजा अपडेट »

पूर्व प्रधानमन्त्री देउवा दाङमा, वर्तमान र पूर्व मुख्यमन्त्रीद्वारा स्वागत

शनिबार, २६ माघ २०८१, १२ : ३३
46 Shares
शनिबार, २६ माघ २०८१
46 Shares

दाङ। मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आएका छन् ।  पूर्व प्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वागत गरेका हुन् ।

थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लागेको छ ।

महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने छ । यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने छ र यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारु लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ । थारु परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरुको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिएको छ ।

महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारुहरु मौलिक भेषभुषासहितका सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन् । महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्ला हजारौं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरू लगायत थारु समुदायको उपस्थिति रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।