ताजा अपडेट »

‘नेपालले परराष्ट्र नीति परिमार्जन गर्नुपर्छ’

शनिबार, २६ माघ २०८१, १२ : २९
16 Shares
शनिबार, २६ माघ २०८१
16 Shares

महेन्द्रनगर ।  परराष्ट्र मामिलाका जानकारहरुले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औँल्याएका छन् । जनकपुर साहित्य महोत्सवमा ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ शीर्षकमा भएको छलफलका वक्ताहरूले नेपालको परराष्ट्र नीति, सीमाञ्चलको अवस्था र समसामयिक चुनौतीहरूबारे आफ्ना धारणा राखेका थिए ।

छलफलमा सहभागी पत्रकार सुधीर शर्माले भने, ‘नेपालको परराष्ट्र नीतिको ऐतिहासिक पृष्ठभूमि र वर्तमान परिप्रेक्ष्यबारे चर्चा गर्दै इतिहासमा नेपालले परराष्ट्र सम्बन्धमा धेरै उतारचढाव देखेको छ ।’ उनले नेपाल–भारत र नेपाल–चीन सम्बन्धका ऐतिहासिक घटनालाई स्मरण गर्दै नेपालले परराष्ट्र नीतिमा गर्नुपर्ने परिमार्जनबारे सुझाव दिए । उनले विगतका अनुभवबाट सिकेर भविष्यका लागि रणनीति बनाउनुपर्ने धारणा राखे ।

परराष्ट्रविद् इन्द्र अधिकारीले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औँल्याए । नेपालले छिमेकी राष्ट्रहरू भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताउँदै उनले नेपालले असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।पत्रकार तथा विश्लेषक तुलानारायण साहले सीमाञ्चलको समृद्धिका लागि प्रभावकारी परराष्ट्र नीति आवश्यक रहेको बताए । 

सीमावर्ती क्षेत्रका समस्याहरू, जस्तै अवैध व्यापार, मानव तस्करी र सीमाङ्कन विवादबारे चर्चा गर्दै यी समस्याहरू समाधान गर्न नेपालले छिमेकी राष्ट्रहरूसँग सहकार्य गर्नुपर्ने उनको सुझाव छ । उक्त सत्रका सहजीकरण अनिल गिरीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।