ताजा अपडेट »

खानेपानी मन्त्रालयमा भएको आगलागीबारे अनुसन्धान सुरु

शनिबार, २६ माघ २०८१, १२ : ०७
18 Shares
शनिबार, २६ माघ २०८१
18 Shares

काठमाडौं । उर्जा, जल स्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले खानेपानी मन्त्रालयमा भएको आगलागी बारे अध्ययनको काम भइरहेको बताएका छन् ।

उनले आगलागीका बारेमा अनुसन्धान गर्नका लागि विल्डिङको विद्युतीय वायरिङ चेकजाँज गर्न विद्युत प्राधिकरणको प्राविधिक टिमलाई बोलाइएको जानकारी दिए ।   खानेपानी मन्त्रालयको अनुगमन गर्दै उनले अहिलेलाई इलेक्ट्रिक सर्ट भएर आगो लागेको कुरा आएपनि अनुसन्धानको लागि प्राधिकरणको टिमलाई बोलाएको बताए ।

उनले भने, ‘मन्त्री प्रदिप यादवको कार्यकक्ष भित्रको एउटा प्लगमा हिजोदेखि नै जलेको जस्तो गन्ध आइरहेको रहेछ, शंका लागेर खोलेर पनि हेुर्न भएको रहेछ । सोही आधारमा इलेक्ट्रिक सर्ट भएको हो कि भन्ने छ । प्राधिकरणको टिमलाई बोलाएका छौ । इन्भेस्टिगेसन र पूरै बिल्डिङ्को वाइरिङ् चेक गर्ने भनेका छौ । यसमा थप कुरा सीसी क्यामेरा हेरेपछि थाहा होला । ठूलो क्षती हुन पाएन, नियन्त्रण भइसकेको छ ।’

यस्तै, उनले मन्त्री प्रदीप यादवको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको बताए । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण भने आइसकेको छैन । सीसी क्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।