ताजा अपडेट »

दिल्ली विधानसभा मतगणना : भाजपाले कम्ब्याक गर्ने संकेत

शनिबार, २६ माघ २०८१, १० : ३०
46 Shares
शनिबार, २६ माघ २०८१
46 Shares

नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावको मतगणना जारी छ। सुरुवाती रुझानमा भाजपा ४८ सिटमा अगाडि छ भने सत्तारुढ आम आदमी पार्टी ९आप० २१ सिटमा अगाडि छ।


कांग्रेस मात्र १ सिटमा अगाडि छ। यसको अर्थ भाजपाले बहुमतको आँकडा पार गरेको छ। दिल्लीमा बहुमतका लागि ३६ सिट आवश्यक पर्छ ।

आम आदमी पार्टी (आप) का अरविन्द केजरीवाल नयाँ दिल्ली सिटमा पछाडि परेका छन् भने मुख्यमन्त्री आतिशी पनि कालकाजी सिटमा पछाडि छिन्। जंगपुराबाट मनीष सिसोदिया र पटपडगंजबाट अवध ओझाले अग्रता बनाएका छन्। पहिले उनीहरू पनि पछि परेका थिए।

फेब्रुअरी ५ मा दिल्लीका ७० सिटका लागि मतदान भएको थियो । जसमा ६०.५४% मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको थियो। दिउँसो १२ बजेसम्म दिल्लीमा कसको सरकार बन्छ भन्ने कुरा स्पष्ट हुनेछ।

मतगणनाको केही समय अगाडि दिल्लीका मुख्यमन्त्री तथा कालकाजीबाट आप उम्मेदवार आतिशीले भनेकी थिइन्, ‘यो सामान्य चुनाव होइन, यो असल र खराब बीचको लडाइँ हो। दिल्लीका जनता आप र केजरीवालको साथमा उभिएका छन्। केजरीवाल चौथो पटक मुख्यमन्त्री बन्नेछन्।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।