ताजा अपडेट »

नियन्त्रणमा आयो खानेपानी मन्त्रालयमा लागेको आगो

शनिबार, २६ माघ २०८१, १० : २३
12 Shares
शनिबार, २६ माघ २०८१
12 Shares

 

काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिएको बताए ।
आगलागी के कारण भयो भन्नेबारे खुल्न नसकेको उनले बताए ।

आज बिहान पौने ८ बजे  खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण आइसकेको छैन ।
उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।