ताजा अपडेट »

केपी ओली कपमा कलाकारसँग राजनीतिज्ञ टोलीको हार

शुक्रबार, २५ माघ २०८१, २० : २९
10 Shares
शुक्रबार, २५ माघ २०८१
10 Shares


काठमाडौं । फाल्गुन ११ गतेदेखि काठमाडौंमा सुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरूप राजनीतिज्ञ र कलाकारबीच शुक्रबार मैत्रीपूर्ण खेल भएको छ ।
राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण खेल भएको  हो ।
उक्त खेलमा कलाकारले राजनीतिज्ञलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । राजनैतिक दलको समूहबाट टिम क्यापटेन क्षितिज थेबे रहेका थिए भने कलाकारबाट बद्री पंगेनी कप्तान रहेका थिए ।
केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।