ताजा अपडेट »

रुपन्देहीमा ७ जना मोटरसाइकल चोर पक्राउ

शुक्रबार, २५ माघ २०८१, २० : १२
570 Shares
शुक्रबार, २५ माघ २०८१
570 Shares

बुटवल । रुपन्देहीमा ७ जना मोटरसाइकल चोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका ५ का १८ वर्षीय राजु थारु, सैनामैना वडा नम्बर ४ का १९ वर्षीय गणेश थारु रहेका छन् ।

यस्तै सैनामैना वडा नम्बर ४ का २० वर्षीय सुदिप थारु, १८ वर्षीय निमबहादुर थारु, १९ वर्षीय विक्की नाउ र १८ वर्षीय विनोद हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले बताए ।

प्रहरीले उनीहरुलाई बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका अन्तर्गत विभिन्न समयमा मोटरसाइकल तथा स्कुटर चोरी भएको सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौराबाट चोरी भएका सवारी साधन र चोरी गर्ने व्यक्तिहरुलाई खोजतलासको लागि संयुक्त रुपमा खटिई गई खोजतलास गर्दै जाँदा पक्राउ गरिएको सूचना अधिकारी कार्कीले बताए ।

 उनीहरुको साथबाट लु ५४ प १७१२ नम्बरको बजाज कम्पनीको एनएस, लु ६८ प ३७७३ नम्बरको बजाज एनएस, लु ७९ प ३७७३ नम्बरको होण्डा कम्पनीको साइन, लु २५ प २१२९ नम्बरको बजाज कम्पनीको पल्सर र ग २२ प ७४२८ नम्बरको यामाह कम्पनीको एसजेट आर मोटरसाइकल नियन्त्रणमा लिएकोे छ ।   

पछिल्लो समय रुपन्देहीमा मोटरसाइकल चोरीका घटना बढे पछि प्रहरीले सक्रियता बढाएको छ ।

यो पनि

रुपन्देहीमा मोटरसाइकल चोरको ‘बिगबिगि’, साढे ६ महिनामै २६९ चोरी

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।