बुटवल । रुपन्देहीमा कल वाईपास गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्च्मिको प्रतापपुर गाउँपालिका–८ नोडियाका २७ वर्षीय रोहित अहिर रहेका छन् ।
उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ३ स्थित गुलावचन्द गुप्ताको घर भाडामा लिई विभिन्न उपकरण जडान गरी कल वाइपास संचालन गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए । प्रहरीले अहिरलाई बुधबार पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट एनसेलको सिम २७० र एनटिसिको सिम १९०, मोवाइल ५ थान, एउटा ल्यापटप लगायतका विभिन्न उपकरणहरु बरामद गरेको छ ।
प्रतिक्रिया