ताजा अपडेट »

अन्तिम खेलमा सान्त्वना जितको खोजीमा नेपाल, थाइल्यान्डविरुद्ध रोज्यो ब्याटिङ

शुक्रबार, २५ माघ २०८१, १२ : १८
22 Shares
शुक्रबार, २५ माघ २०८१
22 Shares

काठमाडौं । त्रिकोणात्मक महिला टी २० सिरिज अन्तर्गत आज आफ्नो अन्तिम खेलमा नेपाल थाइल्यान्डविरुद्ध भिड्दैछ ।

प्रतियोगितामा ५ खेल खेल्दा सबैमा पराजय व्यहोरेको नेपालका लागि यो सान्त्वना जितको अवसर हो ।

नेपालले यसअघि नेदरल्यान्ड्ससँग ३ र थाइल्यान्डसँग २ म्याच खेल्दा कुनै पनि जित निकाल्न सकेन । उपाधि होडबाट बाहिरिइसकेको अन्तिम खेलमा सुखद नतिजा निकाल्न आतुर छ ।

यद्यपि, उपाधि दावेदार थाइल्यान्ड नेपालका लागि सहज टीम होइन ।

आजको खेल नेपालको लागि प्रतिष्ठाको मात्र विषय भए पनि थाइल्यान्ड र नेदरल्यान्ड्सको उपाधि भिडन्त पनि हो । थाइल्यान्डले नेपाललाई हराए उपाधिमा कब्जा गर्ने छ ।

तर, नेपालले थाइल्यान्डलाई हराएको खण्डमा रन रेटको आधारमा थाइल्यान्ड र नेदरल्यान्ड्समध्ये एक विजेता हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।