ताजा अपडेट »

बुटवल हस्पिटल प्रा.लि. र वरदान आइ भि एफ विच सम्झौता

शुक्रबार, २५ माघ २०८१, ११ : ४२
40 Shares
शुक्रबार, २५ माघ २०८१
40 Shares

बुटवल । एक सय बेड सञ्चालन अनुमति रहेको बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो सेवा र सुविधा विस्तार गर्दै लगेको छ। यसै क्रममा अस्पतालले बुटवलमा रहेको वरदान आइ भि एफ सँग उपचार सम्झौता गरेको हो।

यो सम्झौतासँगै अब वरदान मार्फत आई भि एफ सेवा लिएका सेवाग्राहीहरुले बुटवल हस्पिटल प्रा.लि. मा प्रसुती सेवा लिने छन्। निसन्तान दम्पतिका लागि उपचार केन्द्र बन्दै गएका आइ भि एफबाट आउने सेवाग्राहीका लागि पनि बुटवल हस्पिटल पहिलो रोजाई बन्दै गएको छ। अस्पतालको भौतिक संरचना दक्ष जनशक्ति र अत्याधुनिक उपकरणका कारण बुटवल हस्पिटल प्राली सेवाग्राही हरूको रोजाइमा परेको हो।

बुटवलमा निकै सफल रहेको वरदान आइभि एफ सँग सम्झौता भएसँगै दुवै संस्थाबीचको सहकार्यले सेवाग्राहीका लागि सहज भएको छ। सम्झौता पत्रमा बुटवल हस्पिटल प्रालीका जनरल म्यानेजर देवेश कर्ण र वरदानका तर्फबाट डाइरेक्टर सबिना सिमखडाले हस्ताक्षर गरे। सो अवसरमा बुटवल हस्पिटल प्रा लीका जनरल म्यानेजर कर्णले बुटवलमा आइभिएफ मार्फत सेवा लिएका सेवाग्राहीहरुलाई अब प्रसुती सेवाका लागि अन्यत्र जान नपर्ने बताए ।

उनले आमा र बच्चा दुवैका लागि भरपर्दो सुविधा सम्पन्न सेवा बुटवल हस्पिटलले प्रदान गर्ने प्रतिबद्धता जनाए। वरदानका डाइरेक्टर सिमखडाले बुटवलमा सबै हिसाबले उपयुक्त अस्पताल बुटवल हस्पिटल नै भएकोले सम्झौता गरिएको बताए। निसन्तान दम्पतिहरूले आइभिएफ सेवा लिन यस अघि भारत र अन्य सहर जानुपर्ने भएपनि अहिले बुटवलमै यो सेवा सुरु भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।