ताजा अपडेट »

झाडी फाँडेर १४० रोपनीमा ओखरखेती

शुक्रबार, २५ माघ २०८१, १० : ५३
38 Shares
शुक्रबार, २५ माघ २०८१
38 Shares

बागलुङ । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । 

दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् ।

ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको रु १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु १० लाख अनुदान गरी रु २४ लाख लगानी भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताए । 

“परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो, उनिहरुले बैतडीबाट बिरुवा ल्याएर लगाउनु भएको छ, बिरुवा हुकिएका छन्”, उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।