ताजा अपडेट »

लखन कप फुटबल आज चिडिया ब्वाइज र देवदह ब्वाइज भिड्दै

शुक्रबार, २५ माघ २०८१, ०७ : ४२
44 Shares
शुक्रबार, २५ माघ २०८१
44 Shares

बुटवल । सिद्देश्वर खेल मैदान बुटवलमा जारी जारी लखन कप नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज दिउँसो चिडिया ब्वाइज बुटवल र देवदह ब्वाइज बीच प्रतिस्पर्धा हुँदै छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजसनामा जारी प्रतियोगिमा विहिबार भएको खेलमा शिवनगर परिवार बुटवल विजयी भएको छ । 

खेलमा तिलोत्तमा-११ ९भूपू सैनिक० लाई १-० गोलले पराजित गर्दै शिवनगर दोस्रो चरणमा प्रवेश गरेको हो । शिवनगरका लागि जर्सी नम्बर ६ का जीवन रानाले गरेको एकमात्र गोलनै जितका लागि प्रयाप्त भएको हो । प्रतियोगितामा शिवनगरका जर्सी नम्बर १३ का तारा थापा म्यान हफ दि म्याच घोषित भए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।