ताजा अपडेट »

त्रिदेशीय टी-२० सिरिज : नेपालले आज अन्तिममा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

शुक्रबार, २५ माघ २०८१, ०७ : ०९
32 Shares
शुक्रबार, २५ माघ २०८१
32 Shares

बुटवल । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । 

नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्ड भने सिरिजमा खेलेका ५ मध्ये ४ मा जित र १ मा हरका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । सिरिजमा नेपाल र थाइल्याण्ड दोस्रो पटक आमने सामने हुदैछन् । अघिल्लो दुवै भेटमा थाइल्याण्डले नेपाललाई हराएको थियो ।

नेपाल र थाइल्याण्डबीचको यस खेलले नै उपाधी टुंगो लगाउने हुँदा यो खेल महत्वपुर्ण रहेको छ । नेपालले थाइल्याण्डमाथि फराकिलो जित निकालेमा नेदरल्याण्ड्सले सिरिज जित्नेछ । यदी थाइल्याण्ड सामान्य अन्तरमा पराजित भएमा या नेपाललाई पराजित गरेमा विजेता बन्ने छ ।

नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले एक आपसमा समान ३ खेल खेले पछि शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ । शीर्ष स्थानमा पुग्न थाइल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।