ताजा अपडेट »

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार मोहन चापागाईंलाई

शुक्रबार, २५ माघ २०८१, ०६ : ५६
84 Shares
शुक्रबार, २५ माघ २०८१
84 Shares

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले संगठनका पूर्व जिल्ला अध्यक्ष एवं पुर्व केन्द्रीय उपाध्यक्ष मोहन चापागाईंलाई परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले यसवर्षदेखि यो पुरस्कार प्रदान गर्न लागेको हो ।

यही माघ २८ गते हुने संगठनको आठौं जिल्ला अधिवेशनको दिन उक्त पुरस्कार प्रदान गरिने संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुरस्कार प्रदान गर्ने छन् । चौतारीले यसअघि गठन गरेको पुरस्कार छनोट समितिको सिफारिस अनुसार उक्त पुरस्कार दिने निर्णय गरिएको हो । चापागाई सामुदायिक रेडियो प्रसारक संघका पुर्व  अध्यक्ष समेत हुन् । उनले सामुदायिक रेडियोहरुको संस्थागत विकासमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

यस्तै प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट भैरहवाका पत्रकार शंकर पाण्डे पुरस्कृत हुने भएका छन् । संगठनका केन्द्रीय सदस्य रहेका उनी रुपन्देही एफएमको स्टेशन म्यानेजर समेत रहेका छन् । सोही क्रममा दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट रुपन्देहीको देवदहका गोविन्द घर्तीलाई पुरस्कृत गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए । बैठकले संगठनको आठौं जिल्ला अधिवेशनलाई भव्यतापुर्व सफल बनाउने निण्र्णय पनि गरेको छ । अधिवेशनको अवसरमा संगठनदे प्रकाशन गरेको चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गरिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।