ताजा अपडेट »

नेपाली बजारमा आयो वनप्लस १३, मूल्य एक लाख ४२ हजार रुपैयाँ

शुक्रबार, २५ माघ २०८१, ०५ : ४५
50 Shares
शुक्रबार, २५ माघ २०८१
50 Shares

काठमाडौं । नेपाली बजारमा वनप्लसको पछिल्लो फ्ल्यागशिप स्मार्टफोन ‘वनप्लस १३’ भित्रिएको छ । वनप्लसका राष्ट्रिय वितरक स्मार्ट टक प्रालि र क्रेटस टेक्नोलोजीले यो मोडेल हालै नेपाली उपभोक्ताका लागि सार्वजनिक गरेका हुन् ।

यस स्मार्टफोनमा ६.८२ इन्चको एलटीपीओ एमोलेड डिस्प्ले, स्न्यापड्रागन एट एलिट प्रोसेसर र ट्रिपल ५० मेगापिक्सेल ह्यासलब्लेड क्यामेरा सिस्टम रहेको छ । ६००० एमएएच सिलिकन कार्बन ब्याट्रीका लागि १०० वाट वायर्ड र ५० वाट वायरलेस फास्ट चार्जिङ सुविधा दिइएको छ ।

आईपी६८/आईपी६९ प्रमाणित यो फोन सेतो, निलो र ओब्सिडियन रंगमा उपलब्ध छ । खरिद गरेको मितिबाट एक वर्षसम्म स्क्रिन ब्रेकज इन्स्योरेन्स पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यो फोन (१६+५१२ जीबी) मोडेलको मूल्य एक लाख ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।