ताजा अपडेट »

चलचित्र ‘लाज शरणम्’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक(भिडियाे)

शुक्रबार, २५ माघ २०८१, ०५ : ३०
92 Shares
शुक्रबार, २५ माघ २०८१
92 Shares

काठमाडौँ । चलचित्र ‘लाज शरणम्’’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ बिहिबार सार्वजनिक गरिएको छ । शान्ती श्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द र  कृष्ण भारध्वजको संगीत रहेकाे छ । 

एक–अर्कामा आकर्षित भएका युवायुवतीको प्रेम गीतमा देखाउन खोजिएको छ । प्रेमीप्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुझ्ने गीतको शब्द र भिडियोले बुझाउँछ ।

Screenshot 2025-02-07 000709

भिडियोमा माला लिम्बू, गजित विष्टसँगै चलचित्रमा अधिकांश मुख्य कलाकारको अभिनय छ । मेलाकाे सेटअपमा गीत छायांकन भएको छ । 

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि ’टिमले बनाएको पहिलाे ठुलाे पर्दाकाे चलचित्र हो । चलचित्रको शिर्ष भुमिकामा सिताराम कट्टेल ‘धर्मुस’  देखिएका छन् ।

Screenshot 2025-02-07 001002

धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय  समेत गीतमा देख्छन सकिन्छ ।

कुमार कट्टेल (जिग्री)ले निर्देशन गरेको याे चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा देशैभर प्रदर्शन हुँदैछ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।