ताजा अपडेट »
नेपाली गीतमा नयाँ किर्तिमा

‘रुकुम मैकोट’काे नयाँ कीर्तिमान, युट्युवमा पायाे सबैभन्दा छिटो १० करोड भ्युज

विहीबार, २४ माघ २०८१, २३ : २७
50 Shares
विहीबार, २४ माघ २०८१
50 Shares

काठमाडाैँ । चलचित्र ‘खुस्मा’ को गीतले इतिहास रचेको छ। यो गीत युट्युवमा सबैभन्दा छिटो १० करोड भ्युज पाउने नेपाली गीत बनेको छ।  बुधबार राति यस गीतले १० करोड क्लबमा प्रवेश गरेको हो। साढे पाँच महिनाअघि सार्वजनिक भएको याे गीत सुरुवाती देखिनै चर्चामा रहेकाे थियो। टिकटक र रिल्सतिर व्यापक छाएको यो गीत असोज-कात्तिकमा दुइमहिना ग्लोबल ट्रेन्डिङमा पर्दै इतिहास समेत रचेको थियो। 

यसअघि युट्युवमा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड चलचित्र ‘घामड शेरे’ को ‘साली मनपर्‍यो’ सँग थियो।  यस गीतले २ वर्षमा १० करोड भ्यूज बटुलेको थियो। त्यसैले  यो वर्षको सर्वाधिक भ्युज पाउन सफल ‘रुकुम मैकोट’ को रेकर्ड तोड्न पनि मुस्किल हुनेछ।
 
सुरेन्द्र रानाको शब्द रहेको यस गीतमा एसडी योगीको संगीत भरेका छन्। साथै गीतमा योगीसहित शान्तिश्री परियारको स्वर रहेको छ। गीतको भिडिओमा चलचित्रका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी फिचर्ड छन्।   

१० करोड आँकडा पार गरेसँगै अभिनेता धिरज मगरले सामाजिक सञ्जालमा खुसी समेत व्यक्त गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।