बुटवल । थकाली युवा परिवार केन्द्र नेपालको दोश्रो राष्ट्रिय महाधिवेशन विहिबार नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ।महाधिवेशनले रुपन्देही कञ्चनका चित्रलाल तुलाचनको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कञ्चन गाउँपालिकाका प्रवक्ता समेत रहेका तुलाचन यस अघि थकाली युवा परिवार केन्द्रका उपाध्यक्ष थिए । महाधिवेशनले केन्द्रको वरिष्ठ उपाध्यक्षमा नवीन शेरचन (थासाङ क्षेत्र), महिला उपाध्यक्षमा बालिका शेरचन थकाली (स्याउलीबाङ, प्युठान), सचिवमा प्रकाश शेरचन (बुर्तिबाङ, बाग्लुङ), सहसचिवमा मन्दिप गौचन (बुटवल), कोषाध्यक्षमा सरोज शेरचन (बुटवल) र सहकोषाध्यक्षमा रक्षा शेरचन (काठमाडौंं) लाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा निशान तुलाचन (थासाङ), योगेश गौचन (कुस्मा, पर्वत), टेकबहादुर शेरचन (दरबाङ, म्याग्दी), राजन शेरचन (टीकापुर, कैलाली), सिमरन शेरचन (मुग्लिन), प्रदीप भट्टचन (पोखरा), सुशील शेरचन (भैरहवा), विवेक शेरचन (भैरहवा) र विजय भट्टचन (बेनी, म्याग्दीं) चयन भएका छन् । अध्यक्षले तीन जना सदस्य मनोनीत गरेसँगै कार्यसमिति १९ सदस्यीय हुने छ ।
बुटवल स्थित फ्लामिङ्गो होटलमा सम्पन्न महाधिवेशनको अवसरमा बुधबार पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन र साहित्यकार मनिषा गौचनलाई सम्मान गरिएको थियो । यसैगरी प्रभु बैंकका सीईओ अशोक शेरचन, चलचित्र निर्देशक दीपेन्द्र गौचन हाल इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट (आईआईडीएस)का कार्यकारी निर्देशकका रूपमा कार्यरत विश्वास गौचनलाई सम्मान गरिएको थियो ।
महाधिवेशनमा पोखरा, काठमाण्डौ, बुटवल, भैरहवा लगायतका १९ क्षेत्र र विदेशमा ३ क्षेत्र गरी २२ क्षेत्रबाट करिब ७५ जना भन्दा बढी प्रतिनीधि तथा प्रयवेक्षकको सहभागिता रहेको थियो।
दुई दिनसम्म संचालन भएको महाधिवेशनमा थकाली युवाहरुका लागि थकाली अर्थविज्ञहरु, आदिवासी जनजाति युवा महासंघ, थकाली अनुसन्धान केन्द्र तथा युवा थकाली व्यवसायीहरुबाट उद्यमशीलता सम्बन्धी ज्ञान प्रशिक्षण समेत संचालन गरिएको थियो।
प्रतिक्रिया