बुटवल । पाल्पाको तानसेन नगरपालिका-१४ साँचामा एक पुरुषको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक युवालाई नियन्त्रणमा लिएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ जोगिथुम घर भई हाल तानसेनमा डेरा गरी बस्ने ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी मृत अवस्थामा फेला परेपछि उनको हत्या आरोपमा तानसेन-१४ का ३१ वर्षिय माधव विष्टलाई नियन्त्रणमा लिइको प्रहरीले जनाएको छ ।
मृतक बुढाथोकीलाई बुधबार विहान आफू बस्ने डेरामा सुत्ने खाटमा नाक र मुखमा चोट लागेर रगताम्य भएको तथा खाट मुनिसमेत रगत बगेको अवस्थामा भेटिएको थियो । घटना बारे जानकारी पाय लगत्तै अनुसन्धान पुगेको प्रहरी टोलीले प्रारम्भिक जानकारी लिएर हत्या आशंकमा आरोपित विष्टलाई नियन्त्रणमा लिएको हो । शवलाई थप अनुसन्धानका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि ल्याइएको छ ।
प्रतिक्रिया