ताजा अपडेट »

चितवनमा पनि धरौटीमा छुट्दै रवि, अदालतले माग्यो ५४ लाख

विहीबार, २४ माघ २०८१, १७ : ३३
26 Shares
विहीबार, २४ माघ २०८१
26 Shares

 

बुटवल । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो । योसँगै रविको धरौटीको श्रृंखला यो चौथो हो ।

यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।

पुरक निवेदनसहित साहारा सहकारीको ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ फिर्ता पाउनुपर्ने मागदाबी प्रहरीको छ । दुवै निवेदन अनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । भने कम्पनीक‍ो हकमा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।