अछाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले मुलुकको विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन धभएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई ठूला पार्टी एमाले र कांग्रेसले गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उल्लेख गरे ।
पूर्वगृहमन्त्रीसमेत रहेका उपाध्यक्ष थापाले अछामको समग्र पक्षको विकास गर्न, पूर्वाधार निर्माणलगायत विषयमा यहाँका जनप्रतिनिधिमार्फत आफ्नो पार्टीले आवश्यक समन्वय गर्ने जानकारी दिए ।
प्रतिक्रिया