मणिग्राम । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित खेल उत्सव अन्तर्गत पहिलो दिनका प्रतियोगिता सम्पन्न भएका छन् ।
उत्सवको पहिलो दिन कपर्दी, छेलो फ्याँक्ने, सतरञ्ज, सांगितीक कुर्ची दौड, भलिबल, कविता प्रतियोगिता, लगातयका कार्यक्रम भएका छन् ।
छात्रातर्फको कपर्दीमा विजया आचार्य नेतृत्वको समूह पहिलो र राधिका खत्री नेतृत्वको समूह दोस्रो भएका छन् ।
छात्र तर्फको भलिबल प्रतियोगितामा एरिक के.सी. नेतृत्वको समूह पहिलो र सुमित चौधरी नेतृत्वको समूह दोस्रो भएका छन् ।
छात्र तर्फकै छेलो फ्याँक्ने प्रतियोगितामा एरिक के.सी. पहिलो, रोहन क्षेत्री दोस्रो र आदित्य चौधरी तेस्रो भएको खेलकुद संयोजक जीवनकुमार पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै, छात्रा तर्फको छेलो फ्याँक्ने प्रतियोगितामा बिनु राना पहिलो, रञ्जिता बुढाथोकी दोस्रो र प्रतिमा अधिकारी तेस्रो भए ।
सतरञ्ज प्रतियोगितामा आयुष कौशल पहिलो, ज्योशिव उपाध्याय दोस्रो र विपिन भण्डारी तेस्रो भएका थिए ।
यसैगरी सांगितीक कुर्ची दौड प्रतियोगितामा श्रृजना खनाल पहिलो, करिष्मा पाण्डे दोस्रो र शारदा ढकाल तेस्रो भए ।
त्यस्तै कविता प्रतियोगितामा विनिता पराजुली पहिलो, नविन गौतम दोस्रो र सदिक्षा खनाल तेस्रो भएको क्याम्पसले जानकारी दिएको छ ।
प्रतिक्रिया