ताजा अपडेट »

पथलैयामा राजस्व चुहावटका घटना बढे

विहीबार, २४ माघ २०८१, ११ : २६
20 Shares
विहीबार, २४ माघ २०८१
20 Shares

वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका घटना बढेका बताएको छ । कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दर्ता गरेको छ । 

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा रु ५४ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एउटा मुद्दा दर्ता गरेको थियो । उक्त कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावटसम्बन्धी मागदाबी रकम र मुद्दा सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको बताए । 

कार्यालयले चालु आवको छ महिनामा चुहावट धरौटी रकम रु दुई करोड ९८ लाख सङ्कलन गरेको छ । गत आवको सोहीे अवधिमा रु एक करोड ५२ लाख धरौटी राज्य कोषमा दाखिला भएको थियो । साथै गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटीएस जरिवाना रकम पनि रु १२ लाख ४३ हजार बढी सङ्कलन भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।