ताजा अपडेट »

बुटवलको नेपालगंज रोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

विहीबार, २४ माघ २०८१, १० : ५४
1.28K Shares
विहीबार, २४ माघ २०८१
1.28K Shares

बुटवल । बुटवलको नेपालगंज रोडमा विहिबार विहान १० बजे भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।

बुटवलबाट पश्चिम तर्फ जादै गरेको लु २ ख ३३३६ नम्मवरको टिप्परले सोही दिशा तर्फ जाँदै गरेको लु १ प १५२८ नम्वरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको  थियो । 

टिप्परको ठक्करबाट गम्भिर घाईते मोटरसाईकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको बताए । 

 ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएको पण्डितले बताए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।