ताजा अपडेट »

भारतीय दूतावासको सहयोगमा विद्यालय भवन बनाइने

विहीबार, २४ माघ २०८१, १० : १६
12 Shares
विहीबार, २४ माघ २०८१
12 Shares

कञ्चनपुर । वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ । 

भवन बनाउन दूतावासले रु चार करोड ९९ लाख ९८ हजार ६४० प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताए ।

“दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौँ”, उनले भने, “उदयदेवको भवन निर्माणका लागि प्रस्ताव स्वीकृत भएको छ ।” विद्यालय भवन निर्माणको दश प्रतिशत लागत पालिको बेहोर्ने उनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।