ताजा अपडेट »

अहा ! रारा गोल्डकपमा आज चर्च ब्वाइज र एनआरटी भिड्दै

विहीबार, २४ माघ २०८१, ०७ : ५२
14 Shares
विहीबार, २४ माघ २०८१
14 Shares

बुटवल । आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो प्रि-क्वार्टरफाइनल खेलमा विहिबार चर्च ब्वाइज युनाइटेड क्लब र एनआरटी क्लब भिड्दैछन्। पोखरा रंगशालामा हुने खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ। 

आहा राराको प्रिक्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडको दोस्रो रोजाइका खेलाडी मैदान उत्रनेछन् । पहिलो रोजाइका खेलाडी सम्मिलित चर्चब्वाइज धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ। त्यसैले पोखरामा हुने प्रतियोगिताका लागि दोस्रो रोजाइका खेलाडीहरु मैदानमा हुनेछन्। चर्चब्वाइज मात्र हैन एनआरटी पनि आजको खेलमा पुरै पहिलो रोजाइको खेलाडीमा मैदान उत्रनेछैन। 

बुढासुब्बा गोल्डकपको साविक विजेता समेत रहेको एनआरटीले आजै दोस्रो सेमिफाइनलमा युकेएफसी भारतविरुद्ध खेल्दैछ। मोफसलका प्रतियोगिताहरु जुध्दा टिमका खेलाडीहरु बाँढिएर प्रतियोगिता खेल्दैछन् । कतिपय खेलाडी रातारात अर्को खेल खेल्न पुग्ने गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।