बुटवल । रुपन्देहीको बुटवलस्थित सिद्देश्वर खेल मैदानमा जारी लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा इभोलुसन क्लब अफ बुटवल विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा सौभाग्य युवा क्लबलाई ट्राईबेकरमा ४-२ गोलले पराजित गर्दै इभोलुसन दोस्रो चरणमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा सौभाग्यका एरोन थापा र हिमाल थापाले गोल गरेका थिए । यसैगरि इभोलुसनका बिनोद केवटले दुई गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । पेनाल्टी शुटमा सौभाग्यका दुई खेलाडीका प्रहार बाहिरिँदा खेलमा पराजित हुन पुग्यो । खेलमा इभोलुसनका बिनोद केवट म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
बिहिबार तिलोत्तमा-११ भुपूसैनिक र शिवनगर परिवारका बिचमा खेल हुने संयोजक राम बहादुर थापाले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।
प्रतिक्रिया