ताजा अपडेट »

११ औँ सिद्धार्थ वक्तृत्वकलाको उपाधि दीप बोर्डिङकी आशिकालाई

बुधबार, २३ माघ २०८१, २० : २३
246 Shares
बुधबार, २३ माघ २०८१
246 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ मा अवस्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमाको आयोजना जिल्ला स्तरीय अन्तरमावि ११ औँ सिद्धार्थ वक्तृत्व कलाको उपाधि बुटवलको दीप बोर्डिङ हाई स्कुलकी अशिका थापाले हात पारेकी छन् । उपाधिसँगै उनले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

‘जलवायु परिवर्तन : समस्या र समाधान’ विषयक प्र्रतियोगितामा बुद्ध पब्लिक ईङ्गलिस बोर्डिङ हाई स्कुलकी छात्रा अनुष्का भण्डारी द्वितीय हुँदै नगद १२ हजार ५०० रुपैयाँ हात पारिन भने मिणिमुकुन्द माध्यमिक विद्यालयकी छात्रा एन्जल बेल्बासे तृतीय भइन् । उनले नगद १० हजार नगद पुरस्कार प्राप्त गरिन । यसैगरी दुर्गा शैक्षिक गृहकी छात्रा प्रिन्सु पौडेल सान्त्वना स्थान हासिल गरी ७ हजार ५०० नगद राशी प्रप्त गरेको कार्यक्रमका संयोजक शंकर पाण्डेले जानकारी दिए । प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितालाई निस्पक्ष बनाउका लागि आयोजक सिद्धार्थ बोर्डिङले भने सहभागिता नजनाउने नियम रहेको छ । 

siddhartha school1

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तथा प्राध्यापक तेजप्रसाद कंडेलले प्रतियोगिताले विद्यार्थीमा वाक कलाको बिकास गर्नका साथै सिर्जनात्मक क्षमताका लागि सहयोग गर्ने उल्लेख गरे । यसैगरी तिलोत्तमा-४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले नगरको शैक्षिक बिकासमा विद्यालयले खेलेको भूमिकाप्रति प्रसंसा व्यक्त गरे । मुलुककै उत्कृष्ट पालिकामध्येको तिलोत्तमालाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनका लागि निजी विद्यालयहरुले खेलेको भूमिका उल्लेख्य रहेको बताए । अभिभावक संघ केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे तथा प्याब्सन रुपन्देही अध्यक्ष दीपक खनाल लगायतले बोल्दै शुभकामना व्यक्त गरे । विद्यालयका प्रबन्ध निर्देशक बावुराम खनाल, सह–प्राचार्य रमेश प्रसाद बश्याल लगायतले समेत शुभकामना व्यक्त गरेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक रामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा सहभागीहरुलाई प्राचार्य यम रानाले स्वागत गरेका थिए भने अतिरिक्त क्रियाकलापका शिक्षक मेघराज भट्टराई तथा छात्रा सम्वृद्धि बन्जाडेले सञ्चालन गरेका थिए । प्रतियोगितामा प्राध्यापक डा. हुमाकान्त भुसाल, प्राध्यापक डा. हिरण्यलाल ज्ञवाली र साहित्यकार गिरी श्रीसले निर्णायकको भूमिका निभएका थिए । कार्यक्रममा १० तथा २० वर्ष सेवा गरेका विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई कदर पत्रबाट सम्मान गरिएको थियो । विद्यालयबाट कक्षा १२ उत्तिर्ण गरी विभिन्न विश्व विद्यालयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा उनीहरुका अभिभावकहरूलाई सम्मान गरिएको थियो । विद्यार्थीहरूले आ–आफ्ना विज्ञान तथा चित्रकलाको प्रदर्शन गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।