ताजा अपडेट »

शुद्धोधनमा एच.पि.भी. खोप अभियान जारी

बुधबार, २३ माघ २०८१, १९ : ४७
32 Shares
बुधबार, २३ माघ २०८१
32 Shares

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले विश्व क्यान्सर दिवसको अवसरमा यही माघ २२ गतेदेखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको (एच.पि.भी.) खोप अभियान संचालन गर्ने भएको छ । अभियानको दोस्रो दिन आज पालिकाका विभिन्न विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गरेको छ ।

 बुधबार ड्रीम भिजन स्कुलमा एच.पि.भी.खोप कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ।  शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा र रुपन्देही जिल्ला समन्वय प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ड्रीम भिजन स्कुलका उमेर समूह १०१४ वर्षका ५० जना छात्राले खोप लगाएको पालिकाले जनाएको छ ।

यस्तै पालिका भित्र रहेका निजी तथा सामुदायिक बिद्यालयमा एच,पी,भी, खोप कक्षा ६ मा पढ्ने १०४ जना र कक्षा ७ देखि कक्षा १० सम्मका ४८४ जना र विद्यालय बाहिरका ११-१४ वर्षका १० गरि ५९८ यसैगरी २३ गते कक्षा ६ मा पढ्ने खोप लगाएका   १०४ जना र कक्षा ७ देखि १० सम्मका बालिकालाई ४३७ एच,पी,भी, खोप लगाइएको थियो।

विद्यालय बाहिर ११ देखि १४ का १७ जना किशोरीहरु लाई खोप लगाइएको थियो।२३ गते ५५७ जना किशोरीलाई एच,पी,भी, खोप लगाइएको शुद्धोदन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिए । यो अभियान २७ गतेसम्म संचालन हुनेृ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।