ताजा अपडेट »

रुपन्देहीमा मोटरसाइकल चोरको ‘बिगबिगि’, साढे ६ महिनामै २६९ चोरी

बुधबार, २३ माघ २०८१, १९ : १७
236 Shares
बुधबार, २३ माघ २०८१
236 Shares

बुटवल । रुपन्देहीमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्क अनुसार पछिल्लो साढे ६ महिनाको अवधिमा मात्रै २६९ वटा मोटरसाइकल चोरी भए ।

बुटवल उपमहानगरपालिका भित्रबाट ६५, सिद्धार्थनगर नगरपालिकाबाट ३८, तिलोत्तमा नगरपालिकाबाट २६ र सैनामैना नगरपालिकाबाट ७ वटा मोटरासइकल चोरी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले कतिपय अवस्थामा मोटरसाइकल धनीको लापरवाहीकै कारणले पनि चोरी हुने गरेको बताउँछन् ।

‘हामीले गरेको अहिलेसम्मको अनुसन्धानमा अनुसार कतिपय अवस्थामा मोटरसाइकल धनिकै लापरवाहीका कारणले पनि हराएको देखिएको छ । मोटरसाइकल लंक नगर्ने र साँचो मोटरसाइकलमै छाड्दा चोरी गर्नेलाई सहज भएको देखिन्छ,’–उनले भने ।

यस्तै लामो समयसम्म एकै ठाउँमा पार्किङ गरि नराख्न र राख्नु परेमा समय समयमा निगरानी गरि राखे, घरको कम्पाउण्ड भित्र मात्रै लंक गरे मोटरसाइकल र्पािर्कङ गरेमा मात्रै पनि चोरीका घटना कम हुने डिएसपी कार्की बताउँछन् ।
मोटरसाइकल चोरीको घटना बढेपछि आफुहरुले विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन गरिरहेको डिएसपी कार्कीले बताए ।

‘चोरीका घटना बढेपछि हामीले विभिन्न सचेतनाका कार्यक्रमहरु पनि गरिरहेका छौँ । यो सचेतनाका कारणले केही मात्रामा भएपनि निराकरण हुने नै छ,’–उनले भने ।

२० चोर पक्राउ
 साढे ६ महिनाको अवधिमा मोटरसाइकल चोरीमा संलग्न २० जना पक्राउ परेका छन् । उनीहरुलाई मुृद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको सूचना अधिकारी (डिएसपी) कार्कीले बताए ।

‘माघ १५ गतेसम्म १३ वटा मुद्धा दर्ता गरी कारवाही अघि बढाएका छौँ। पक्राउ पर्नेको संख्या २० छ । हामी यसबारेमा भने सुक्ष्म रुममै अध्ययन गरीरहेका छौँ’–उनले भने ।

रुपन्देहीमा चोरी भएका मोटरसाइकल पहाडी जिल्ला र भारततर्फ ल्यौजाने गरेको पनि अनुसन्धानबाट भेटिएको कार्कीले बताए । पहाडी जिल्लामा चेकजाँचलाई कडाई गरे चोरीका मोटरसाइकल भेटिने उनले बताए ।

रुपन्देही प्रहरीले सिमानाकामा चेकजाँचलाई कडाई गरेता पनि विभिन्न बाटो हुँदै चोरले भारतसम्म पुराउने गरेको अनुसन्धानबाट देखिएको बताए ।

‘यहाँ चोरी गरेर पहाडी जिल्ला र भारत लग्ने गरेको हामीहरुले अनुसन्धानका क्रममा भेटाएका छौँ । पहाडी जिल्लामा चेकजाँचलाई कडाई गर्ने हो भने चोरीका मोटरसाइकल भेटिन्छन्,’–उनले भने ।

अहिलेसम्म पक्राउ परेका मध्य अधिकांश लागुऔधषको सेवन गर्ने, अभिभावकको निगरानीमा नभएका र मादप पदार्थ सेवन गर्ने रहेको काकीले बताए । यस्तै पक्राउ पर्नेमा एक जना ग्यारेज संचालक पनि रहेका छन् ।

ग्यारेज संचालकले चोरीको मोटरसाइकलको स्वरुप परिवर्ततन गरेको भेटिए पछि पक्राउ गरी अनुसन्धान गरिरहेको कार्कीले बताए ।

यी हुन चोरी  भएका २६९ मोटरसाइकल

 

 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।