ताजा अपडेट »

पूर्वमन्त्री  शर्माले गरिन् स्वर्गद्धारी गुठी पिडितको आन्दोलनको समर्थन

बुधबार, २३ माघ २०८१, १६ : ५५
28 Shares
बुधबार, २३ माघ २०८१
28 Shares

दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वर्गद्धारी गुठी पिडित किसानको आन्दोलनको समर्थन गरेकी छिन् । स्वर्गद्धारी गुठी पिडित किसानहरुले काठमाडौको  माईतीघर मण्डला गरेको आन्दोलनमा सहभागी हु्ँदै जारी आन्दोलनको समर्थन गरेकी हुन् ।

त्यस अबसरमा बोल्दै पूर्वमन्त्री शर्माले स्वर्गद्धारी गुठी पिडित किसानको आन्दोलनमा आफ्नो साथ र सहयोग निरन्तर रहेको बताइन् । आफू मन्त्री हुँदा निरन्तर किसानको समस्याका बिषय लिएर  प्रधानमन्त्री,मन्त्रीसंग पटकरपटक छलफल र डेलिगेशन गएको स्मरण गर्दै स्वर्गद्धारी गुठी पिडित किसानको समस्या बिधयेक मार्फत तत्काल हल गर्नुपर्ने बताइन् ।  

नागरिक आवास र भूमी सम्बन्धि अधिकार  संबिधानले नै ग्यारेन्टी गरेको प्रतिक्रिया दिँदै आदालतले गरेको फैसलाको आधार मानेर संबिधानको उलङ्घन गर्ने कार्य तुरुन्त सच्याउँनु पर्ने बताइन् । दाङ,क्षेत्र नं।२ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य शर्माले सरकारले  ३१ वटा कानुन संसोधन गर्ने विधयेक ल्याउँदा स्वर्गद्धारी गुठी पिडीत किसानको पक्षमा कानुन नआउँन सरकारको नियत नै  गलत रहेको स्पष्ट पारिन् ।

माओबादी केन्द्र स्थायी कमिटी सदस्य समेत रहनु भएकी शर्माले भोली बस्ने संसद बैठकमा स्वर्गद्धारी गुठी पिडित किसानको  माग सम्बोधन गर्न  फाष्टट्र¥र्याक मार्फत बिधयेक ल्याई किसानलाई जग्गा उपलब्ध गराउँने बिषयमा सरकारको ध्यानाकर्षण गराउँने बताइन्। आन्दोलनको प्रतिनिधी सभा सदस्य नारायणी शर्मा प्रतिक्षा,रुपा चौधरी र पूर्वराज्यमन्त्री सुसिला श्रीपालीले पनि समर्थन गरेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।