ताजा अपडेट »

सुध्रिएन नेपाली महिला क्रिकेटको फिल्डिङ, नेदरल्याण्डसँग १० विकेटले पराजित

बुधबार, २३ माघ २०८१, १५ : ३४
52 Shares
बुधबार, २३ माघ २०८१
52 Shares

बुटवल । काठमाडौंमा जारी त्रिदेशीय टी-२० आई सिरिजमा नेपाली महिला क्रिकेटको टोलीले कमजोर फिल्डिङका कारण आफ्नो पाँचै खेल पनि गुमाउन पुगेको छ । कीर्तिपुरस्थित त्रियु खेलमैदानमा जारी प्रतियोगितामा बुधबार नेदरल्याण्डसँग १० विकेटको फराकिलो अन्तरले पराििजत हुन पुगेको हो । 

नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा नट आउट ४८ रन जोडिन् ।

नेपालले ७ बलरको प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन भने विभिन्न समयमा पाएका क्याच आउट गर्ने अवसरलाई समेत सदुयोग गर्न सकेन । यसैगरी मिसफिल्डिङका कारण अनपेक्षित बाउन्ड्री दिनपुग्दा नेदरल्याण्डलाई लक्ष्य भेटाउन सहज भएको थियो । नेदरल्याण्डको विकेट लिन नसकेपनि कसिलो बलिङ गरेर सस्तैमा रोक्ने नेपाल प्रयास फिल्डिङमा मिसकम्युनिकेशन तथा फिजिकल्ली कमजोर प्रस्तुती नेपाल पराजित हुन पुग्यो । 

नेपालको तर्फबाट पुजा महतोको अर्धशतकमा नेपालले १४६ रनको योगफल तयार पारेपनि जितका लागि प्रयाप्त हुन सकेन । पुजाले भने व्यक्ति खातामा बुधबार उत्कृष्ट प्रदर्शन गरिन् । उनले ५१ बलमा ५ चौकासहित नटआउट ६४ रन जोड्न सफल भइन् । उनले करियरको दोस्रो अर्धशतक ४३ बलमा पूरा गरिन् । तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरिन् । इन्दुले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन् । रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी ७ रनमा नट आउट रहिन् । पुजा यस सिरिजमा अर्धशतक बनाउँने पहिलो नेपाली ब्याटर हुन् ।

नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गरेको थियो । नेदरल्याण्ड्सका लागि आरिस विलिङले २ तथा कोरोलिङ डि लाङ र हेटर सिगर्सले समान १ विकेट लिए । नेदरल्याण्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ । ५ खेलमा ६ अंकका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ । ५ खेलमा अंकबिहिन नेपाल तालिकाको पुछारमा छ ।

सिरिजमा नेपाल र नेदरल्याण्ड्सको अलावा थाइल्याण्डको पनि सहभागीता रहेको छ । सबै टोली एक आपसमा ३ खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधी जित्नेछ । अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।