ताजा अपडेट »

बुटवलका थप ३१ स्थानमा हाईमास्ट लाईट जडान हुने

बुधबार, २३ माघ २०८१, १४ : २६
224 Shares
बुधबार, २३ माघ २०८१
224 Shares

बुटवल । बुटवलका थप ३१ स्थानमा हाईमस्ट लाईट जडान हुने भएको छ । उज्यालो सहरको नारा दिएर यसअघि बुटवलका विभिन्न स्थानमा हाईमस्ट लाईट जडान गरेको बुटवल उपमहानगरले थप ३१ स्थानमा हाईमस्ट लाईट जडान गर्न लागेको हो । 

बुधबार बुटवलको ट्राफिक चोकमा जडान गर्ने हाईमास्ट लाईटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उप प्रमुख सावित्रादेवि अर्यालले सयुंक्त रुपमा सिलान्यास गरेका छन् । 

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई उज्यालो शहर, हरियालीयुक्त शहर, सफा सहरका रूपमा स्थापित गर्नका लागि काम भइरहेको बताए । 

बुटवललाई उज्यालो शहर बनाउनका लागि थप हाइमास्ट लाइट जडान गर्न लागिएको बताए । ‘बुटवल उज्यालो शहरको रुपमा बढाउन थप ३१ स्थानमा जडान गरिएको हो । अझै १७ स्थानमा जडान गर्ने लक्ष्य छ,’–उनले भने । 

यस्तै प्रमुख पाण्डेले बुटवलमा १२५ स्थानमा सिसिटिभि जडान गरिएको बताए ।  उनले  योगिकुटी, राजमार्ग चौराह, अस्पताललाईन र गोलपार्कमा गरी ४ स्थानमा ट्राफिक लाईट जडान गर्ने प्रक्रिया केही दिन भित्रैमा सुरु हुने बताए । बुटवलका बिभिन्न स्थानमा सार्वजनिक सौचालय, प्रतिक्षालय र ब्यवस्थीत सडकको निर्माण गरिने बताए ।

हाईमस्ट जडान बुटवल उपमहानगरपालिकाको एक करोड ३० लाख र संघिय सरकारबाट समपुरक अनुदानबाट प्राप्त ३ करोड ५१ लाख गरी करिव साढे चार करोड रकमबाट जडान गर्न थालिएको हो। हाईमाष्ट लाईट जडानको ठेक्का जेठ मसान्त भित्रमा सक्ने गरी त्रिसन्धा सेफ स्टील्स काठमाडौंले ४ करोड ४३ लाखमा लिएको छ। 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।