ताजा अपडेट »

रवि लामिछानेविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

बुधबार, २३ माघ २०८१, ११ : ४०
34 Shares
बुधबार, २३ माघ २०८१
34 Shares

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ । 

साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए । 

 ‘लामिछानेविरुद्धको मुद्दामा न्यायाधीश ढकालको इजलासमा सुनुवाइ तोकिएको छ’, चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।