बुटवल । महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत लगातार ४ खेलमा पराजित हुँदै आएको नेपालले आज नेदरल्याण्डसँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्न १२ः१५ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजिमा हुनेछ ।
जारी सिरिजमा नेदरल्याण्ड ४ मध्ये २ मा जित र २ खेल हारसहित तालिकाको दोस्रो स्थानमा छ भने थाइल्याण्ड हालसम्म खेलेका ५ वटै खेलमा जितसहित शिर्ष स्थानमा छ । नेपाल जितरहित अंकविहिन अवस्थामा छ । महिला टि ट्वान्टी आई वरियतामा १३ औं स्थानमा थाइल्याण्ड छ भने १६औं स्थानमा नेदरल्याण्ड्स तथा २० औं स्थानमा नेपाल रहेको छ ।
जारी प्रतियोगिता अन्तरगा मँगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको थियो । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
प्रतिक्रिया