ताजा अपडेट »

पाथीभरामा केबलकार निर्माणको काम रोक्नेसहित ६ बुँदे सहमति

मंगलबार, २२ माघ २०८१, २३ : ०९
350 Shares
मंगलबार, २२ माघ २०८१
350 Shares

काठमाडौं । मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण विवादमा आन्दोलनरतपक्ष र सरकारी वार्ता समितीबीच मँगलबार ६ बुँदे सहमति भएको छ। वार्ता सहजीकरण समितिको तर्फबाट सरस्वती सिंगक (सरु) र वार्ता टोलीका संयोजक सहसचिव प्रेम प्रसाद भट्टराईबीच भएको सहमतिको पहिलो बुँदामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा  २०८१ माघ २७ मा  विस्तृत छलफल गर्ने उल्लेख छ।

अन्य सहमतिमा सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने, २०८१ माघ १२ भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको विना सर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने उल्लेख छ।

अन्यमा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने र मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न २०८१ माघ २७ मा बिहान ११ बजे वार्तामा बस्ने उल्लेख छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।