ताजा अपडेट »

तिलोत्तमाको श्रृङ्गेश्वर धाममा महायज्ञ गरिँदै

मंगलबार, २२ माघ २०८१, २२ : ५९
228 Shares
मंगलबार, २२ माघ २०८१
228 Shares

बुटवल । रुपन्देहीको त्तिलोत्तमामा रहेको श्रृङ्गेश्वर धाममा महायज्ञको आयोजना हुने भएको छ । धार्मिक पर्यटनको केन्द्र बन्दै गरेको धाममा तयार गरिएको गुरुयोजना अनुसारका पूर्वाधार निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

१८ कठ्ठा क्षेत्रफलमा फैलिएको धाम परिषरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले यहि माघको २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान–विज्ञान श्रृङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रृङ्गारिक महाआरती गर्न लागिएको श्रृङ्गेश्र धाम एवम् महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीले जानकारी गराए ।

महायज्ञको बिहिबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नेछन् भने विहान शोभा कलश यात्रा गरिने जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले बताए । पण्डित ओमप्रकाश सुवेदीको मुखारबृन्दबाट कथा प्रवचन हुनेछ भने हरेक दिन बिहान योग तथा ध्यान, नित्य पुजा पाठपारायण, दिउँसो कथा प्रवचन, साँझ श्रृङ्गारिक दिब्य महाआरती, राष्ट्रिय कलाकार सहितको देवलिलामय झाँकी, भजन हुने प्रचारप्रसार समितिको संयोजक पत्रकार खिमानन्द भट्टराईले जानकारी गराए ।

त्यस्तै महायज्ञमा ब्रतबन्ध, चौरासी पुजा, ग्रहशान्ती, तुलादान, रुद्रादिभिषेक लगायतका विशेष कर्मसमेत गरिने उनले बताए । त्यस अवसरमा गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायण पन्थले महायज्ञमा आई संगितमय कथा श्रवण गर्न र सक्दो दान गर्नको लागि आह्वान गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।