ताजा अपडेट »

बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा

मंगलबार, २२ माघ २०८१, १७ : ०४
16 Shares
मंगलबार, २२ माघ २०८१
16 Shares

काठमाडौं । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनका श्रीमति डचेस सोफी नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन् ।

उनिहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूले स्वागत गरेकाे मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनिहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानहुुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।