बुटवल । नेपाल मानव धर्म सेवा समितिले दुई विद्यालयमा शैक्षिक साम्रगी वितरण गरेको छ ।
नेपाल मानव धर्म सेवा समिति लुम्बिनि क्षेत्र आश्रम बुटवलका युवा संगठनले बसन्त पन्चमिको अवसर पारी वांणगंगाँ नगर पालिका वडा नम्बर ३ स्थित सरस्वति आधारभूत विद्यालय र कोटिया प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक साम्रगी वितरण गरेको हो ।
२ विद्यालमा अध्ययनरत ६४ जना विद्यार्थीलाई कपि, पेन्सिल, स्प्नानर, शैक्षिक साम्रगी तथा खेलकुदका सामानहरु वितरण गरेको नेपाल मानव धर्म सेवा समितिले जनाएको छ । नेपाल मानव धर्म सेवा समिति लुम्बिनि प्रभारी माहात्मा अम्बिका बाईको अध्यक्षता भएको कार्यक्रममा माहात्मा गोवर्धन बाई जि र माहात्मा ज्ञानपुप्पानन्द जि को पनि उपस्थिति रहेको थियो ।
नेपाल मानव धर्म सेवा समिति लुम्बिनि उपाध्यक्ष कबिन्दमान श्रेष्ट्रले आफुहरु निरन्तर रुपमा समाजसेवामा लाग्ने बताए । कार्यक्रममा अभियानको बारेमा शिक्षा अभियानको बारे संयोजक दिपक पंगेनीले स्पष्ट पारेका थिए । कार्यक्रम संचालन युवा संगठन सदस्य शेखर थापाले गरेका थिए।
प्रतिक्रिया