ताजा अपडेट »

बुटवलमा बुधबारदेखि थकाली युवा परिवारको राष्ट्रिय महाधिवेशन

मंगलबार, २२ माघ २०८१, १३ : ०८
54 Shares
मंगलबार, २२ माघ २०८१
54 Shares

बुटवल । थकाली युवा परिवारको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि बुटवलमा अयोजना हुने भएको । अधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु बुटवल आउने क्रम जारी रहेको केन्द्रीय अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । 

बुटवलमा २ दिनसम्म आयोजना हुने महाधिवेशनका लागि प्रतिधि तथा प्रवेक्षक गरी ७० जना प्रतिनिधिहरु सहभागी हुँदै छन् । देशभरका विभिन्न १९ वटा सेक्टरबाट प्रतिनिधिहरु सहभागी हुने जानकारी गराइएको छ । महाविधेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनको संघीय सांसद योगेश शेरचनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको अवसरमा युवा पिंढी तथा नयाँ पुस्तालाई थकाली संस्कृति र मर्यादा बारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने कोषध्यक्ष संजिव तुलाचनले जानकारी दिए । 

महाधिवेशनले अध्यक्ष, दुई जना उपाध्यक्ष, सचिव, २ जना सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदाधिकारी रहनेगरी १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशन सम्पन्न भएपछि रुपन्देहीका पर्यटकीय स्थलहरु भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी, जितगढी किल्ला लगायतका ठाउँहरुको समेत अवलोकन गर्ने कार्यक्रम रहेको थकालि युवा परिवारले जनाएको छ । 

क्रिकेटर गौचनसहितका व्यक्तिहरुलाई सम्मान 
महाधिवेशनको अवसरमा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन र साहित्यकार मनिषा गौचनलाई सम्मान गर्नुका साथै पवित्र धार्मिकस्थल पुङयुङ ओढार (बाह्र वर्षे मेलामा ४ चनका पाँडेहरुले वंशावली वाचन गर्नेस्थल) पुनः निर्माणका लागि ५० हजार आर्थिक सहयोग हस्तान्तरण लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।