ताजा अपडेट »

‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’

मंगलबार, २२ माघ २०८१, १२ : ५०
16 Shares
मंगलबार, २२ माघ २०८१
16 Shares

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरुलाई आफैँ बदलिन सुझाव दिएका छन् । 

ऋति फाउन्डेसनद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘नीति र शासनमा युवा कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले समाज बदल्ने उपदेश दिन सजिलो भए पनि आफैँ बदलिएर देखाउन जटिल हुने बताए । उनले युवाहरुलाई सभ्य समाज निर्माणमा योगदान दिन सुझाव दिए ।
 
मुख्यमन्त्री कँडेलले भने, “युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने होइन । यसमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्दछ । राजनीतिप्रति वितृष्णा व्यक्त गर्नुको साटो राजनीतिक दललाई सुधार गर्न युवाहरु लाग्नुपर्दछ ।”

बाहुबल र खानदानका आधारमा राजनीति गर्ने युग समाप्त भएको टिप्पणी गर्दै उनले युवाहरुले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा गलत नेतृत्व आफैँ पाखा लाग्ने बताए । 

आयोजक संस्था ऋति फाउन्डेसनका अध्यक्ष कमलराज लम्सालले प्रदेशसभा सदस्यहरुलाई सहजीकरण गर्दै राजनीतिमा युवाहरुले उत्प्रेरकको भूमिका निर्वाह गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।