ताजा अपडेट »

मोफसलमा चर्चित मध्येको आहारारा गोल्डकप फुटबल आजदेखि हुँदै

मंगलबार, २२ माघ २०८१, ०८ : ३३
16 Shares
मंगलबार, २२ माघ २०८१
16 Shares

काठमाडौं । मोफसलमा चर्चित मध्येको आहारारा पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

नकआउट फुटबल प्रतियोगितामा यस पटक ३ विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबसहित ए डिभिजनका ७ क्लब, बी डिभिजनका १ क्लब, आयोजक सहारा क्लब र तीन विदेशी क्लब छन् ।

त्रिभुवन आर्मीसहित नेपाल पुलिस क्लब, एपीएफ, थ्री स्टार, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, संकटा एफसी, एनआरटी, सहारा क्लब, ब्रिगेड ब्वाइज क्लब युके, थण्डरबोल्ट नर्थ युनाइटेड भारत, ब्ल्याक बुल्स, उज्बेकिस्तान छन् । आहाराराको सफल टोली मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी छैन । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेतालाई ६ लाख १ हजार नगद पुरस्कार पाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।