ताजा अपडेट »

गण्डकी प्रदेशले आज स्थापना दिवस मनाउँदै, मुख्यमन्त्री पाण्डेले दिए शुभकामना

मंगलबार, २२ माघ २०८१, ०६ : ४६
34 Shares
मंगलबार, २२ माघ २०८१
34 Shares

गण्डकी गण्डकी प्रदेशले आज स्थापना दिवस मनाउँदै छ । प्रदेशले ८ औं स्थापना दिवस मनाउन लागेको हो । यसैबीच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढेको बताएका छन् ।

प्रदेशवासीमा शुभकामना सन्देश दिँदै उनले प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु लोकतन्त्र र सुशासनलाई स्थापित गरेको उल्लेख रेका छन् ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताएका छन् । गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को सङ्कल्प पूरा गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ । सङ्घीयताको मर्मअनुसार समावेशी, दिगो र समान विकासलाई अघि बढाउँदै नागरिकलाई चुस्त सेवा प्रवाह, सुशासनको अनुभूति दिलाउन सामूहिक प्रयास जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।

“भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्य भेट्टाउने दिशामा सरकारले आफ्ना नीति, कार्यक्रम सञ्चालन गरिरहेको छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।